FAQs Complain Problems

समाचार

सङ्क्षिप्त परिचय

नार्पा भूमि गाँउपालिका एउटा अत्यन्तै सुन्दर गाँउ हो । २०७३ को पुनःसंरचनामा यसलाई नार र फु मिलाइ एउटा गाँउपालिका निर्माण गरिएको हो । यो गाँउलाई सन २००३ देखि पर्यटकको लागि खोलिएको थियो । यो गाँउ चिनको नजिक पर्ने भएको र खम्पाहरुले यसलाई आफनो कार्यक्षेत्र बनाएको पाइन्छ । यहाँ हिमालको सुन्दरता र करीब ११ हजार फीटको उचाइमा बसेको मानव बस्ती, उत्पादन र मानब जीवन संचालनको सून्दरताको समागम स्थलनै यसको खास बिशेषता भेटिएको छ ।नार्पा भूमि गाँउपालिका एउटा अत्यन्तै शुन्दर गाँउ हो । २०७३ को पुनःसंरचनामा यसलाई नार र फू मिलाइ एउटा गाँउपालिका निर्माण गरिएको हो ।

यो गाँउलाई सन २००३ देखि पर्यटकको लागि खोलिएको थियो । यो गाँउ चिनको नजिक पर्ने भएको र खम्पाहरुले यसलाई आफनो कार्यक्षेत्र बनाएको पाइन्छ । यहाँ हिमालको सुन्दरता र करीब ११ हजार फीटको उचाइमा बसेको मानव बस्ती, उत्पादन र मानब जीवन संचालनको सुन्दरताको समागम स्थलनै यसको खास बिशेषता भेटिएको छ । नार र फू धार्मिक महत्व, सामारिक महत्वका ठाउ पनि हुन् । यो क्षेत्रको बिकाशमा चीन संगको नाका निर्माण र उत्पादित बस्तुहरु जस्तै याकको मासु, चौरीको घिउ, आलू जस्ता सामाग्रीहरुको निर्यातमा सहज बन्न सक्छ । यहा नार र फु गरेर १२८ परिबारको बसोबास छ  जसमा ६१५ जना बस्दछन, यो नै यहाँको जनसंख्या हो । यहाँका बिशेषता समेटेर, यहाँ भएका जीबनशैली, बन जंगल, पहाड, जडिबुटि, पशुपालन र गोम्पाहरुबाट पाएको शास्ती र सिकाइ आदि समेटीएको छ ।  यो गाउँपालिका दुर्गम गाउँपालिका हो ।

अन्य स्थानको तुलनामा यो गाँउपालिका यातायातमा पछाडि परेको छ भने बिकासका प्रचुर संभावना हुदाहुदै पनि आधुनिक सुबिधाबाट बन्चित देखिन्छ , जसले गर्दा यहाँका बासिन्दाहरु जाडोको याममा बसाइसर्ने र सम्म ठाउँहरुका हिममा हुने पर्यटकिय कृडास्थलहरुको निर्माण गर्न र आम्दानिको श्रोतहरुलाई बढाउने कृयाकलाप देखिदैनन् र जनसंख्याको घनत्व पनि प्रति किलोमिटरमा ५ देखिन्छ । यहाँको योजना बृद्धिबिकाश र बर्षभर नै यहाँका बासिन्दा बास र आम्दानीलाई बढाउने उपायको खोजी र कार्यन्वयनको पनि आबश्यक पर्दछ ।

स्थापना: २०७३
समावेस भएका साविक गाविस: नार र फू गाविस
जम्मा वडा: ५ 
क्षेत्रफल: ८३७.५४ बर्ग किमि
जनसंख्या: ५३८
पूर्व: चिन
पश्चिम: मुस्ताङ 
उत्तर: चिन
दक्षिण: नासों र चामे गाउँपालिका
महत्वपुर्ण पर्यटकीय स्थलहरु :– काङपालास (५३२० मिटर) ,तेरीला पास, कङगारु हिमाल,हेम्लुङ हिमाल, छोकर्ण ताल, स्यारीभुङ जाने तिब्बत नाका आदि पर्यटकीय स्थलहरु

 

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

जनप्रतिनिधि/कर्मचारी